बैंकहरुमा निक्षेप बढेसँगै घट्यो सीडी रेसियो

  २०७९ भदौ २० गते १२:४५     विकासन्युज

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले भदौ तेश्रो सातामा ११ अर्ब रुपैयाँले निक्षेप बढाएका हुन् ।

भदौको दोश्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेश्रो सातामा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ पहिलो सातामा भने उक्त निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमै सीमित थियो ।

त्यस्तै, समीक्षा अवधिमा कर्जा लगानी पनि एक अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप बढेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८८.२५ प्रतिशतमा झरेको छ । अघिल्लो साता उक्त रेसियो ८८.४२ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.