मनकामना केबलकार भदौ २५ गतेदेखि सुचारु हुने

  २०७९ भदौ २० गते ९:१५     विकासन्युज

काठमाडौं । मनकामना केबलकारको सेवा भदौ २५ गतेदेखि पुन: सुचारु हुने भएको छ । साउन २३ गतेदेखि स्तरोन्नतिको  लागि बन्द भएको केबलकार पुन: सुचारु हुने भएको हो ।

एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने क्रममा चार सातादेखि केबलकार बन्द गरिएकाे थियाे । स्तरोन्नतिको लागि ५ देखि ६ हप्ता समय लाग्न सक्ने अनुमान गरिएको थियाे । तर साेचेभन्दा १ हप्ताअघि नै केबलकार सञ्चालन हुन लागेकाे कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

एनलगबाट डिजिटल सिस्टममा स्तरउन्नति भएपछि केवलबार सेवा अझ सहज र प्रभावकारी हुने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.