पर्यटनमन्त्रीलाई लाइनमा बस्नुस् भनेपछि छाँया सेन्टरका सुरक्षागार्ड पक्राउ

  २०७९ भदौ १९ गते १५:४६     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् ।

ठमेलस्थित छायाँ सेन्टरमा शुक्रबार बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई  लाइनमा बस्न आग्रह गरेपछि अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्ड शेरजंग गुरूङ पक्राउ परेका हुन् ।

उनलाई दरबारमार्ग प्रहरी वृत्तले अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने भएको छ ।

One comment on "पर्यटनमन्त्रीलाई लाइनमा बस्नुस् भनेपछि छाँया सेन्टरका सुरक्षागार्ड पक्राउ"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.