कुमारी बैंकका ग्राहकलाई रुपन्देहीको श्री कृष्ण पोलीक्लिनिकमा विशेष छुट

  २०७९ भदौ १९ गते १३:२५     विकासन्युज

काठमाडाैं । कुमारी बैंक र रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रालिबीच सम्झाैता भएकाे छ । बैंक र पोलीक्लिनिकबीच बैंकका ग्राहकलाई श्री कृष्ण पोलीक्लिनिककाे सेवाहरुमा विशेष छुट दिने सम्झाैता भएकाे हाे ।

यस सम्झौता अनुसार बैंकका ग्राहकले श्री कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडि शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया/ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कहरूमा ३ देखि ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.