द राउण्ड टेबल नेपालले बिर्तामोडस्थित चमरधाप विद्यालयमा बनायो कक्षाकोठा

  २०७९ भदौ १५ गते १६:१५     विकासन्युज

काठमाडौं । सामाजिक संस्था द राउण्ड टेबल नेपालको बिर्तामोड शाखाले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा २ कक्षा कोठा निर्माण गरेको छ । पूर्वाधार अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाएपछि संस्थाले विद्यालयमा कक्षा कोठा निर्माण गरिदिएको हो ।

संस्थाले २४ लाख रुपैयाँको लागतमा २ कक्षा कोठा र विद्यालय परिसरको ५ कठ्ठा जग्गामा कम्पाउण्ड वाल निर्माण गरेको जानकारी दिएको छ । सोमबार बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई र द राउण्ड टेवल नेपालका अध्यक्ष आन्नद बाहेतीले संयुक्त रुपमा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

संस्थाले यस वर्ष विद्यालयमा २ वटा शौचालय र खानेपानी व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.