बजरङ्ग स्टिलले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह

  २०७९ भदौ १५ गते १३:३४     विकासन्युज

काठमाडौं । स्वस्तिक रोलिड्ड मिल्सद्वारा उत्पादित बजरङ्ग स्टिलले नेपाल गुणस्तर चिन्ह १९१ प्राप्त गरेको छ । उत्पादन शुरु गरेको छोटो अवधिमा नै बजरङ्ग स्टिलले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको हो ।

मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिकामा रहेको स्वस्तिक रोलिड्डले बजरङ्ग ब्राण्ड अन्तर्गत टि एम टि छड, एङगल, च्यानल र आइ बिम उत्पादन गर्दै आइरहेको छ ।

प्रतिष्ठित व्यापारिक घराना गोल्छा, राठी र प्रतिष्ठित व्यापारीहरु जीवन रिजाल र इन्तकाब अहमद मियाको २ अर्ब ५० करोडको संयुक्त लगानीमा संचालनमा आएको स्वस्तिक रोलिड्ड मिल्सले छिट्टै नै नेपालभर आफ्नो बिक्री वितरण गर्ने जनाएको छ । आफ्नै मेल्टिड्ड युनिट रहेको उक्त उद्योगमा दैनिक ५०० टन उत्पादन क्षमता रहेको छ ।

उद्योगले ७ देखि ४० एमएम सम्मका टीएमटीको उत्पादन गर्नेछ । बजरङ्ग स्टिल नेपालकै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन भैरहेको कम्पनिको दावी छ । उद्योगले उत्पादन गरेको टीएमटीको ग्रिपिङ गुणस्तर अत्यन्त अत्याधुनिक रहेको कम्पनीले जनाएको छ ।

उत्पादित टीएमटीको प्रयोग ठुलाठुला जलविद्युत् आयोजना, सडक, बहुतले भवन, पुल र सबै खाले प्रोजेक्टमा प्रयोग गर्न सकिने बताइएको छ। कम्पनीले ७ एम एम देखी ३२ एम एम सम्मको टी एम टी उत्पादन गर्दछ । प्रतिष्ठित नेपाल गुणस्तर चिन्ह ८ देखि ३२ एम एम सम्मको टी एम टी छडले प्राप्त गरेको छ। नेपाली बजारमा गुणस्तरीय स्टिल उत्पादन गर्ने थप जिम्मेवारी पाएको र गुणस्तरको प्रतिवद्दता लाई सधै मनन गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.