७० पैसामै विद्युतीय सवारी चार्ज गर्न सकिने, अब देशभरका ५१ ठाउँमा चार्जिङ स्टेशन

  २०७९ भदौ १४ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरण परिसर भित्र विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले सो स्टेसनको मंगलबार उद्घाटन गर्दै सञ्चालनमा ल्याएको हो ।

विद्युत् खपत प्रवद्र्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढुवा दिने योजनाका साथ उक्त चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

अहिले प्राधिकरण देशका प्रमुख शहर तथा राजमार्गका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसनको निर्माणको तयारीमा जुटेको छ । जसमध्ये केही स्टेसनहरू सञ्चालनमा आउँने तयारीमा छन् भने केही स्टेसनको निर्माण तथा जडानको कार्य भइरहेको छ । ५१ वटा चार्जिङ स्टेसन मध्ये पहिलो स्टेसन प्राधिकरण परिसर निर्माण भइ सञ्चालनमा आएको हो ।

चार्जिङ स्टेसनको उद्घाटनको क्रममा पछिल्लो एक वर्षको बीचमा विद्युतीय खपत २५ प्रतिशतले बढेको ऊर्जा तथा जलस्रोत मन्त्रालयकी मन्त्री पम्फा भुसालले बताइन् । उनका अनुसार रुस र युक्रेन युद्ध प्रकरणका कारण विश्वमा ऊर्जा क्षेत्रमा ठुलो संकट आएको छ ।

‘संसारका धेरै देशमा यस्ता चार्जिङ स्टेसन सञ्चालन गर्ने मौंका छैन, हामीले गर्व गर्नु पर्छ, किनभने देशमा नै भएको जलस्रोतबाट पर्याप्त मात्रामा ऊर्जाको उत्पादन गर्न सक्छौं,’ उनले भनिन् ।

मन्त्री भुसालका अनुसार काठमाडौंबाट एउटा विद्युतीय सवारीबाट सिन्धुलीसम्म पुग्दा ३ सय रुपैयाँ मूल्य बराबरको विद्युत खपत हुन्छ भने डिजेल र पेट्रोलको गाडीमा सो ठाउँ सम्म पुग्दा ४ हजार रुपैयाँ खर्च हुन्छ । विद्युतीय सवारी प्रयोग गर्दा १० गुणा यात्रा सस्तो पर्न जाने उनको भनाइ छ ।

‘हामी अहिले करोडौं रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात गरिरहेका छौं, नेपाली पैसा बाहिरिएको बाहिरै छ, विद्युतीय सवारी साधनको प्रयोग गर्नाले पेट्रोलियम पदार्थमा बाहिरिने पैसा रोकिन्छ,’ उनले भनिन् । ठुलो परिमाणमा वस्तुको आयातले गर्नाले व्यापार घाटा बढ्नुका साथै देश आर्थिक संकटमा पुगेको भन्दै यसलाई सकारात्मक तरीकाले सम्बोधन गर्न सक्ने जल विद्युत क्षेत्र नै रहेको भुसालले दाबी थियो ।

केही समय अगाडि मात्र नेपाल विद्युत् प्राधिकरण र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बीच विद्युतीय चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन गर्न पनि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको थियो । मन्त्री भुसालका अनुसार सो चार्जिङ स्टेसन पब्लिक कम्पनीहरूले पनि प्राधिकरणसँग सहकार्य गरेर निर्माण गर्न सक्ने छन् ।

एउटा चार्जिङ स्टेसन निर्माण गर्नको लागि प्राधिकरणले अनुमानित एक करोड २० लाख रुपैयाँ बजेट छुट्याएको दी–गो कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन रायमाझीले बताए । उनका अनुसार प्राधिकरणले आफ्नो केन्द्रीय कार्यालयमा निर्माण गरेको उक्त चार्जिङ स्टेसन ८० लाख रुपैयाँको लागतमा तयार भएको छ ।

चाइनिज कम्पनीको स्टार चार्जर ब्राण्डको प्रविधि प्राधिकरणले जडान गरेको हो । स्टेसनमा २६ वटा जीबीटी (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि चार्जर र २५ वटा सीसीयस (साना ठूला कारहरू) चार्जर रहेका पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यसको लागि आवश्यक राष्ट्रिय सेवा प्रदायक (एनएसपी) प्रणालीको विकास गरिएको छ । एनएसपी मार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछ । चार्जको रकम भुक्तानीको लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डिसी, २२ किलोवाट एसी रहेको छ । यद्यपि सो स्टेसनमा १ सय २० किलोवाट डिसीसम्म पनि सिङ्गल डिसीका गाडीहरू पनि चार्ज गर्न सकिन्छ । नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा देखि १ घण्टासम्ममा चार्ज पूर्ण भइसक्ने दाबी प्राधिकरणले गरेको छ ।
चार्ज गर्दा कति लाग्छ शुल्क ?

विद्युतीय चार्ज स्टेसनमा गाडी चार्ज गर्दा कारहरूमा औसत सत्तरी पैसा, यसयुभीहरुमा असी पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरूमा एक रुपैयाँ बिस पैसा प्रति किलोमिटर खर्च लाग्ने प्राधिकरणले जनाएको छ । यो स्टेसनमा २ वटा डिसी र एक वटा एसी चार्जर रहेको छ । यहाँ इभीका बाइक भने चार्ज गर्न सकिँदैन ।

चार्जको लागि प्राधिकरणले समय अनुसारको इनर्जी शुल्क निर्धारण गरेको छ । चार्ज गर्दा कारहरुका औसत ७० पैसा, एसयुभीहरुमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ। समय अनुसार इनर्जी शुल्क फरक फरक रहेको छ।

मझौला भोल्टेज ३३ के भि का इभीका गाडी साँझको ५ देखि ११ बजेसम्म ८ रुपैयाँ ८० पैसा, राति ११ बजे देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा र बिहान ५ बजे देखि बेलुका ५ बजेसम्म ६ रुपैयाँ ६० पैसासम्म प्रति किलोवाट शुल्क लाग्ने छ प्राधिकरणले जनाएको छ ।

यस्तै, मझौला भोल्टेज ११ के.भी सम्मका इभीका गाडी चार्ज गर्नु परेमा साँझको ५ बजेदेखि रातीको ११ बजेसम्म ८ रुपैयाँ ६० पैसा, ११ बजे देखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा र ५ बजे देखि बेलुका ५ बजेसम्म ६ रुपैयाँ ७० पैसासम्म लाग्ने छ । यसै गरी तल्ला भोल्टेजका इभीका गाडीहरूको साँझको ५ बजे देखि रातको ११ बजेसम्म ८ रुपैयाँ ७० पैसा, ११ बजेदेखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा र ५ बजेदेखि बेलुका ५ बजेसम्म ६ रुपैयाँ ९० पैसासम्म शुल्क लाग्ने प्राधिकरणले जनाएको छ ।

केही दिनपछि नै उपत्यका भित्र ५ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारीका साथ प्राधिकरण अगाडि बढेको छ । जसमा बल्खु, साँगा, नक्साल, खुरकोट आदि ठाउँमा सञ्चालनमा आउँने दिगो कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन रायमाझीले बताए । बाँकी क्रमशः चार्जिङ स्टेसनको निर्माण गर्दै जाने उनको भनाइ छ ।

चाइनाको चार्जर उत्पादन गर्ने कम्पनी केही महिना बन्द भएर सामान पनि समयमा नआइपुगेको कारण चार्जिङ स्टेसनको जडान ढिला भएको अब तिब्र गतिमा काम हुने उनले बताए ।

देशभर कहाँ–कहाँ बन्दैछन् चार्जिङ स्टेसन ?

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरु पर्ने ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भइहेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा साना/ठूला कारहरु चार्ज गर्न मिल्ने रहेका छन् ।

नेपाल प्रहरी र सशष्त्र प्रहरी बलद्धारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयहरुका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । चार्ज गर्दा कारहरुमा औसत सत्तरी पैसा, एसयूभिहरुमा असी पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरुमा एक रुपैयाँ बीस पैसा प्रति किलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।

आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधान प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैकको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेसन रहने स्थानहरु :
१ विर्तामोड वसपार्क झापा २
२ दमक चार्जिङ केन्द्र झापा २
३ विराटनगर वसपार्क मोरङ १
४ इनरुवा वसपार्क सुनसरी १
५ वेलका चार्जिङ केन्द्र उदयपुर २
६ प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा सप्तरी २
७ हरिऔन रिफ्रेस सेन्टर सर्लाही १
८ इलाका प्रहरी कार्यालय, निजगढ वारा २
९ हेटौडा चार्चिङ सेन्टर, रातामाटे मकवानपुर २
१० पारस वसपार्क चितवन २
११ मुग्लिन पुल चितवन १
१२ इलाका प्रहरी कार्यालय, खानीखोला धादिङ २
१३ साझा सेवा, वल्खु काठमाडौं २
१४ साझा यातायात ललितपुर २
१५ साझा सेवा वनेपा २
१६ नेपाल पुलिस क्लव काठमाडौं १
१७ नेपाल विद्युत प्राधिकरण काठमाडौं १
१८ लुम्विनी प्रदेश प्रहरी कार्यालय, वुटवल रुपन्देही २
१९ इलाका प्रहरी कार्यालय, वर्दघाट नवलपरासी २
२० भैरहवा वसपार्क रुपन्देही १
२१ इलाका प्रहरी कार्यालय, गोरुसिँहे कपिलवस्तु २
२२ लमही नयाँ वसपार्क दाङ २
२३ नेपाल ए पि अफ स्कुल, कोहलपूर वाके २
२४ सशस्त्र प्रहरी बल , वैद्यनाथ वाहिनी कैलाली कैलाली १
२५ नयाँ वसपार्क, सुर्खेत सुर्खेत २
२६ पर्यटक वसपार्क, पोखरा कास्की १
२७ लेकसाइड कास्की १
२८ वसपार्क र हावा घर नुवाकोट २
२९ सिन्धुलीगढी वसपार्क सिन्धुली १
३० खुर्कोट रिफ्रेस सेन्टर सिन्धुली २
३१ इलाका प्रहरी कार्यालय, वर्दिवास महोत्तरी १
३२ सशस्त्र प्रहरी वल, शैलेश्वरी कन्चनपुर १

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.