सुधीर बस्नेतले नविल बैंकलाई साढे ४६ करोड तिर्नुपर्ने, समय ७ दिन मात्र

  २०७९ भदौ १४ गते १४:५३     विकासन्युज

काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतले नविल बैंकलाई ४६ करोड ५२ लाख रुपैयाँ बुझाउनु पर्ने भएको छ ।

विभिन्न बैंकको कर्जा तिर्न नसकेर कालोसूचिमा रहेका, सहकारीको बचतकर्तालाई निक्षेप रकम फिर्ता गर्न नसकेर आर्थिक संकट भोगिरहेका बस्नेतलाई ७ दिन भित्र उक्त रकम तिर्न ताकेता गरिएको छ ।

बस्नेतले कोहिनुर हिल हाउजिङको नाममा नविल बैंकबाट १४ करोड ६ लाख ३४ हजार ऋण लिएका थिए । त्यसको व्याजमात्र ३२ करोड ४५ लाख नाघेको छ ।

उक्त ऋण विवादमा ऋण असुली न्यायाधिकारणले पनि बैंकको पक्षमा फैसला गरेको छ ।

One comment on "सुधीर बस्नेतले नविल बैंकलाई साढे ४६ करोड तिर्नुपर्ने, समय ७ दिन मात्र"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.