सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गर्यो १२ प्रतिशत लाभांश घोषणा

  २०७९ भदौ १३ गते १९:४७     विकासन्युज

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ ।

योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि फण्डका ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले लाभांश बाँड्ने निर्णय गरेको हो । यो भनेको १० करोड ३२ लाख रुपैयाँ हो । ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना चाँडै प्रकाशित हुने कम्पनीले जनाएको छ ।

फर्स्ट म्युचुअल फण्ड सनराइज बैंकले प्रवर्द्धन गरेको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.