भदौदेखि कात्तिकसम्म सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा ५ तोलासम्म सुन जित्न सकिने

  २०७९ भदौ १३ गते १८:३४     विकासन्युज

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार याेजना घाेषणा गरेकाे छ ।

६३ दिनसम्म चल्ने यस योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जनालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एकजनाले बम्परमा ५ तोला सुन उपहार स्वरुप पाउनेछन् ।

याे याेजना भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुनेछ । कम्पनीकाे अनुसार यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएकाे छ ।

सिटी एक्सप्रेसले देशभर छरिएर रहेका १५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.