माछापुच्छ्रे बैक र फाेकसवान पेमेन्ट सोलुसन्स् बीच भुक्तानी सेवा सम्झौता

  २०७९ भदौ १२ गते १७:२५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा।लि द्धारा संचालित मोको डिजिटल वालेटबीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।

ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यसैगरी, बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १५ सयभन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यसैगरी, माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले एमभिसा, अलिपे र युनियन पेसंग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको क्युआर बाटै भुक्तानी लिन सक्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.