सानिमा बैंकका ग्राहकलाई बुवाको मुख हेर्ने दिनमा विशेष छुट

  २०७९ भदौ ९ गते १८:३१     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ ।

यस अनुसार बैंकले ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि.(द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट क्युआर कोड बाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना भदाै ११ गते मात्र लागू हुने बैंकले जनाएकाे छ । सानिमा बैंकले देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.