ग्लोबल आइएमइ बैंकले बढायो एनआरएन खाताको ब्याज, ६ मुद्रामा खाता खाेल्न सकिने

  २०७९ भदौ ९ गते १५:३०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमइ बैंकले एनआरएनको लागि संचालन गर्दै आएको डलर खाताको ब्याज बढाएको छ । बैंकले डलर खाताको बचत र मुद्धति खातामा १.५ प्रतिशतले ब्याज बढाएको हो ।

बैंकको अनुसार बचत खातामा ४.५ प्रतिशत र मुद्दती खातामा ५.५ प्रतिशत ब्याज कायम गरिएको छ । यसअघि बैंकले बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ४ प्रतिशत ब्याज दिंदै आएको थियो ।

विदेशमा बस्ने नेपालीलाई लक्षित गरि नेपाल सरकारले गैर आवासीय नेपाली र उनीहरुबाट प्रवद्र्धित संस्थाले नेपाली बैंकमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापनिज येन र चिनिया युआनमा मुद्दती एवं वचत खाता खोल्न, विदेशी मुद्रामै आफ्नो वचत लैजान पाउने नियम लागू गरेको छ ।

गैर आवासीय नेपाली (एनआरएन) का लागि नेपाली बैंकमा डलर खाता खोल्न नेपाल सरकारले अनुमति दिएपछि ग्लोवल आइएमइ बैंकले यस्ताे सुविधा दिएकाे हाे ।  ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ खाता खोल्न र विदेशी रकम जम्मा गर्दा दिइने ब्याजदरमा वृद्धि गरेको बेलायतस्थित ग्लोबल आइएमइ बैंकको सम्पर्क कार्यालयका प्रमुख प्रतिनिधि अमित चालिसेले बताए ।

बैंकले भिडियो कल (भिडियो केवाइसी) को माध्यमबाट घरमै बसेर सहज रुपमा डलर खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकको वेवसाइटमा गएर नयाँ खाता खोल्न अनलाइन फारम भरेर आवश्यक कागजपत्र अपलोड गरेपछि बैंकका कर्मचारीसंग भिडियो कलमार्फत सम्पूर्ण प्रमाणीकरण गरिनेछ । अनलाइन खाता खोल्नेवित्तिकै डेबिट कार्ड, इन्टरनेट बैकिङ, मोबाइल बैंकिङ तथा डिम्याट/मेरो शेयर लगायत सुविधाहरु उपलब्ध हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.