सुजुकीको एभेनिस स्कुटर बजारमा, २ लाख ९९ हजार रुपैयाँ पर्ने

  २०७९ भदौ ६ गते १४:५७     विकासन्युज

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रता भिजी अटोमोबाइल्सले नेपालमा सुजुकी एभिनिस स्कुटर सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रम गर्दै कम्पनीले सुजुकी एभिनिस स्कुटर सार्वजनिक गरेको हो ।

भिजि अटोमोबाइल्सका प्रबन्ध निर्दशक निकुन्ज अग्रवाल, सुजुकी मोटर्स इण्डियाका  सासबैंक तल्वार र भिजीकै धिरज भट्टराईले संयत्त रुपमा सुजकी एभेनिस सार्वजनिक गरेका थिए ।

आकर्षक डिजाइन र मोडर्न फिचर्सले भरिएको सुजुकी एभिनिस स्कुटर नयाँ जेनेरेसनलाई लक्षित गरी बजारमा ल्याइएको प्रबन्ध निर्दशक अग्रवालले बताए । स्कुटर बजारमा माग राम्रो भएको कारण यो स्कुटर ल्याएको कम्पनीका कर्मचारी कृतन क्षेत्रीले बताए ।

 

पावर, पर्फमेन्स र स्टाइललाई विशेष ध्यान दिएर बनाइएको यो स्कुटर स्पोर्टी क्याटोगोरीमा हुनुको साथै विभिन्न फिचर्सले भरिएको छ । यसको नयाँ फिचर्समा एड्भास्सड स्पोर्ट स्टाइलिङ, बडी माउण्ड ब्राइट एलइडी हेडल्याम्प फ्रन्ट फ्युल बक्स विथ युएसबी स्कुटर, एक्सटर्नल फ्युल क्याप लार्ज अण्डरसिट स्टोरेज स्पेस र मोटरसाइकल इन्सपायरड रियर इन्डिकेटर्स रहेका छन् ।

कम्पनीले यस स्कुटरको मुल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.