हुन्डाई नेपालले चुनिखेलमा गर्यो वृक्षारोपण 

  २०७९ भदौ ५ गते १३:४५     विकासन्युज

काठमाडौं । हुन्डाई नेपालले बिभि द चेन्ज अभियान अन्तर्गत चुनिखेलमा वृक्षरोपण गरेको छ ।हुन्डाईले रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा चुनिखेलमा २०० भन्दा बढी बिरुवा रोपेको हो ।

उक्त कार्यक्रमको लागि हुन्डाईको कोना र आइवोनिक्यु फाइभ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बुढानिलकण्ठसम्म गएका थिए ।

बिभि द चेन्ज हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याईएको कम्पनीले जनाएको छ । बिभि द चेन्ज अभियान अन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षरोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा राखेको कम्पनी बताउँछ ।

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.