आईएमई लाइफ इन्स्योरेन्सले ५८ सय विद्यार्थीलाई दियो बीमाबारे जानकारी

  २०७९ साउन ३१ गते १३:११     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा इन्स्याेरेन्सले मुलुकभर बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेकाे हो ।

बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ गरेकाे उक्त कार्यक्रममा ५ हजार ८४८ जना विद्यार्थी सहभागी भएकाे कम्पनीले जानकारी दिएकाे छ । बीमा कम्पनीले एकैदिन यति धेरै संख्यामा विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवत पहिलो पटक भएकाे इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल बताउँछन् ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको बताए ।

कार्यक्रममा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले बताए ।

इन्स्योरेन्सले पाँचौ वर्ष पुरा गरेको अवसरमा एकैदिनमा ७४८ जनालाई बीमा अभिकर्ता तालिम, ५७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.