सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो १४ लाखको मृत्यु दावी भुक्तानी

  २०७९ साउन ३० गते १७:४९     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले १४ लाख रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जिवन बीमा गरेका सन्तोष रानाको मृत्यु दावी भुक्तानी गरेको हो ।

स्वर्गिय रानाको गएकाे जेठ ३० गते विदेशमा काम गर्ने क्रममा मृत्यु भएको थियो ।

साेमबार बीमितको श्रीमति रन्जितला रानालाई इन्स्योरेन्सका धनगढी शाखा प्रबन्धक लक्ष्मी कान्ताले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.