ललितपुरको टौखेलमा एभरेष्ट बैंकको ११८ औं शाखा उद्घाटन

  २०७९ साउन २९ गते १६:३९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले शनिबार उक्त स्थानमा आफ्नो ११८ औं शाखाको उद्घाटन गरेको हो ।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने बताएका थिए ।

बैंकमा हालसम्म करिब १२ लाख आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.