बीमा निजी क्षेत्रलाई दिन व्यापार होइन, नयाँ विधेयक फिर्ता गर्नुपर्छ : प्रेम सुवाल

  २०७९ साउन २९ गते १३:३९     प्रेम सुवाल

बीमा र ठगी छुट्एिन, छुट्याउनुपर्छ । त्यसको लागि सरकारले मात्रै बीमा गर्न पाउने कानुनी व्यवस्था जरुरी छ । खानेपानी शिक्षा र स्वास्थ्य निजीलाई दिँदा आज देशले कस्तो समस्या भोगिरहेको छ । सबैलाई थाहा छ । त्यस्तै, अब बीमा पनि त्यस्तै हुँदै छ ।

सबैभन्दा ठगीको ठूलो व्यापार । हामीले सुनेका छौं । संसद सदस्य हुन पाएको र बीमाको व्यापार गरेबापत ठगी गरेको आरोपमा अदालतमा मुद्धा खेपिरहेको । त्यस्ता मान्छे पनि संसद सदस्य हुन पाउने । के हो ? विगत ३२ वर्ष यताका सरकारहरु यति कमजोर छ । शिलसिला हो । भागबण्डाको सरकार हो । विदेशीलाई सबै दिँदै जाने । आफू कुर्सीमा बस्न पाएपछि देश नै छोड्ने । संसद सदस्य हुँदा राम्रा काम गर्नेहरु अहिले सरकारमा गएपछि एउटा राम्रो काम भएको छैन । यसरी देश चल्दैन । यो एकदमै तितो कुरा हो ।

बैंकिङ्ग र बीमालाई पनि हामीले खानेपानी जस्तै, मुद्रासँग सम्बन्धित भएकोले निजी कम्पनीलाई गर्न दिनुहुँदैन । बीमा व्यापार होइन, यो सेवा हो ।

र, सवारी साधान लगायत निर्जीवन बीमा अनिवार्य नविकरण गर्नलाई सबै दुर्घटना नै हुन्छ । ५० लाख वटा गाडीबाइक होला, सबै दुर्घटना हुन्छ ? कसैको इच्छा छैन निर्जीवन बीमा गर्न तर सरकार मान्दैन, तिम्रो नविकरण हुन्न भन्छ । त्यस्तो गर्न पाइन्छ ? निर्जीवन बीमा त इच्छा भएकाले बीमा गर्ने हो नी । बरु स्वास्थ्य बीमा सरकारले सबैलाई अनिवार्य गर्नुपर्ने त्यो नगर्ने । अब स्वास्थ्य बीमा निजी कम्पनीमा जानुपर्छ भनेर सरकारले कानुन बनाउँछ । आफूले गर्दा गर्नुपर्दैन । त्यसकारण यो सरकार जनताप्रति जिम्मेवार होइन । यसैले पुष्टि हुन्छ । मन्त्री बन्नु सजिलो काम हो । देश र जनताको लागि जिम्मेवार भएर काम गर्नु गाह्रो हो । त्यो महशुस मन्त्रीहरुले गर्नुभएको छैन ?

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको आर्जन ८ अर्ब ४७ करोड रुपैयाँ । एउटा निजी कम्पनीको ३५ अर्ब ३८ करोड रुपैयाँ । यसले सरकारसँगै मन्त्री कति कमजोर भन्ने देखाउँछ । आफ्नो सारा श्रोत साधन प्रयोग गर्न पाउने राष्ट्रिय बीमा कम्पनीको आर्जन ८ अर्ब । तर निजी कम्पनी जोसँग केहि छैन, सरकारसँग मात्र दर्ता गर्न अनुमति लिएको उसको ३५ अर्ब । के यसमा मन्त्रीको साँठगाँठ छैन भन्न मिल्छ ? अर्थमन्त्रालयका अधिकारीहरुको साँठगाँठ छैन भन्न मिल्छ ?

वाणिज्य बैंकमा एक जना ग्राहक जानुभएको रहेछ । यहाँ किन खाता खोल्ने, फलाना कम्पनीमा खोल्यो भने यति व्याज आउँछ, उति व्याज आउँछ भनेर पठाइदिएको रहेछ । के यो विषयमा के अर्थमन्त्रीलाई थाहा छैन ?

पछिल्लो समय सारा विषय निजी क्षेत्रलाई छोेड्ने गलत काम गरिहेको छ । सरकारले ययसलाई फिर्ता गर्नुपर्छ । र, बीमा विधेयक फिर्ता गर्नुपर्छ ।

(सांसद सुवालले आइतबारको प्रतिनिधि सभामा राखेका मन्तब्य )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.