‘अब बैंकहरु मात्रै होइन सरकार पनि जोखिममा पर्न सक्छ, हातेमालो गरौं’

  २०७९ साउन २६ गते १९:३४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका शेखर गोल्छाले निजी क्षेत्रसँग सरकारले सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

बिहीबार नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एंवम् नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी पत्र हस्ताक्षर समारोहमा आफ्नो धारणा राख्दै उनले बैंकहरु र सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका हुन् ।

‘बैंकहरुले अहिले ब्याज बढाएका छन्, पहिले मैले बैंकहरूलाई मिलेर जोखिम मोलौं भनेको थिए तर, हामी मात्रै जोखिममा पर्यौं, अब बैंकहरु मात्रै होइन सरकार पनि जोखिममा पर्न सक्छ, अब सहकार्य गरेर गरेर अगाडि बढ्न आवश्यक छ,’ उनले भने ।

यस्तै, उनले बजेटमा उल्लेख भएका कतिपय कार्यक्रम कार्यान्वयनमा गइसकेको बताए । सन् २०३० सम्ममा १ सय अर्ब डलर पुर्याउने र २२ लाख नयाँ रोजगारी सिर्जना हुने उनको भनाइ छ ।

यो सहमतिले अब सरकार र महासंघ एक भएको उनको भनाइ छ । ‘अब महासंघ थप सक्रिय भएको छ, मिलेर लगानीको वातावरण सिर्जना गरौं, निजी क्षेत्रले सम्मानजनक व्यवसाय गर्न पाउनु पर्छ, यसलाई एक प्रकारको आर्थिक रुपान्तरणका लागि अभियान नाम दिएका छौं,’ उनले कार्यक्रममा भने ।

समझदारी पत्रमा उद्योग मन्त्रालयका सहसचिव नारायण दुवाडी र अध्यक्ष गोल्छाले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.