भेञ्चर क्यापिटल लगायत विभिन्न कोषको व्यवस्थापन गर्न ग्लोबल इक्विटी फण्डले पायो अनुमति

  २०७९ साउन २६ गते १५:५९     विकासन्युज

काठमाडौं । ग्लोबल इक्विटी फण्डले विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम उक्त फण्डलाई कोष व्यवस्थापकको अनुमति दिएको हो ।

सो व्यवस्था बमोजिम ग्लोबल इक्विटी फण्डको योग्यता पुगेकोले बोर्डले यसलाई अनुमति दिएको हो । उक्त फण्डलाई अनुमतिपत्र प्रदान गर्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले कम्पनीका सम्वद्धपक्षलाई व्यवसायिक र सुशासित रुपमा काम शुरु गर्न निर्देशन दिएका छन् ।

यससँगै विभिन्न कोषको व्यवस्थापकको अनुमति पाउने यो पहिलो फण्ड हो । अनुमति पाएसँगै यसलाई भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज फण्ड विभिन्न कोषको व्यवस्थापन गर्नको लागि बाटो खुलेको छ । त्यस्तै, सोको अनुमति माग्दै हाल १६ वटा फण्डहरु पाइपलाइनमा छन्, जसको अध्ययन भइरहेको बोर्डका प्रवक्ता रुपेश केशीले बताए ।

बोर्डबाट अनुमति पाएसँगै फण्डलाई विशिष्टीकृत कोष व्यवस्थापकको कार्य संचालन गर्ने बाटो खुलेको छ ।

बोर्डले नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न उक्त अनुमति दिएको हो । यसबाट नयाँ व्यवसायहरु शुरुवात गर्न, स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरणमार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने बोर्डको विश्वास छ ।यसबाट बजारको थप विकास तथा विस्तार हुने बोर्डको अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.