हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले ल्याए प्रत्येक कारोबारमा फाइदा हुने दुईवटा नयाँ कार्ड

  २०७९ साउन २५ गते ११:४१     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले हिमालयन बैंक अमेरिकन एक्सप्रेस केडिट कार्ड र हिमालयन मेक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड सञ्चालनमा ल्याएका छन् । दुई कम्पनीले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएको हो ।

जसमध्ये हिमालयन बैंक अमेरिकन एक्स्पेस क्रेडिट कार्ड विशेष गरि विभिन्न क्षेत्रमा भमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने खरिदकर्ताहरुलाई जारी गरिने छ । त्यस्तै, हिमालयन बैंक अमेरिकन एक्सेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यत्रीहरुलाई लक्षित गरि जारी गरिने बैंकले जनाएको छ । उक्त कार्ड प्रयोगकर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाई आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउन सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अमेरिकन एक्स्प्रेससँग हिमालयन बैंकको सामो समयदेखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरि दुइवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएको बताए । उक्त कार्डहरुले तथा विभिन्न मुलुक भमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरि प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने उनले जानकारी गराए ।

अमेरिकन एक्स्प्रेस दक्षिण एशियाका भाइस प्रेसिडेन्स तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरशीप दिव्या जैनले दुबै कार्डले प्रयोगकर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामान खरिदमा लाभ हुने बताए । उनका अनुसार यो कार्ड विभिन्न मुलुकका विश्वद्यिालयहरुमा जाने विद्यार्थीहरुलाई विशेष फाइदा पुग्ने छ ।

क्यासब्याक पनि (कुनबाट कति पाइन्छ ?)

हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्डका प्रयोगकर्ताले अनलाइनबाट भुक्तानी तथा कारोबार गरेबापत वर्षमा ०.५० प्रतिशत वा बढीमा ३ हजार रुपैयाँ नगद फिर्ता पाउने छन् । त्यस्तै, अर्को प्रिपेड कार्ड प्रयोगकर्ताहरु विशेष गरी विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी तथा स्थानीय कारोबार गरेमा ०.५० प्रतिशत वा बढीमा २ हजार ४ सय रुपैयाँ क्यास ब्याक पाउने छन् ।

भ्रमण र सामान खरिदमा कति छुट ?

हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्डका प्रयोगकर्ताले क्लब हिमालयनमा कम्तिमा २ रातको बुकिङ्ग गर्दा होटलको तर्फबाट १ रात निःशुल्क पाउने छन् । त्यस्तै, युनाइटेड कलर्स अफ येनेटनमा सामान किन्दा १० प्रतिशत छुट, स्पोर्टस प्लाजाका सबै सामानमा १५ प्रतिशत छुट, मिसियोमा ३३ प्रतिशत छुट र एपिक माउन्टेन बाइकस्मा १० प्रतिशतसम्मको छुट पाइने छ । साथै, यो कार्ड प्रयोगकर्ताहरुले सबै लाउन्जबढी लाउन्जेजमा प्रवेश पाउने छन् र रेन्टल कार्स डटकमबाट बुकिङ्ग गर्दा १० प्रतिशत छुट र एभिस कार्समा बुकिङ्ग गर्दा १५ प्रतिशतसम्मको छुट पाइने छ ।

त्यसैगरी हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड प्रयोगकर्ताले स्पोर्टस् प्लाजाका सबै सामानहरुमा १५ प्रतिशतसम्म छुट र मिनिसोमा ३३ प्रतिशत र बुकिङ्ग डटकममा ४० प्रतिशतसम्मको छुट पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.