सिभिल बैंकले थप २९ साझेदारसँग गर्यो सम्झौता, कुनबाट के-के छुट पाइन्छ ?

  २०७९ साउन २२ गते १७:४४     विकासन्युज

काठमाडौं । सिभिल बैंकले थप २९ वटा साझेदारसँग सम्झौता गरेको छ । बैंकिङ्ग सेवा र सुविधामा मात्र सीमित नरहि बैंकले साझेदारहरुसंग समन्वय गरी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको हो ।

यससँगै अब सिभिलका ग्राहकले विभिन्न साझेदारहरुबाट विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट -मोवाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा विभिन्न छुटहरु पाउने छन् ।

बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरुसंग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग भोला बहादुर विष्टले बताए ।

बैंकले हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेका छन् । साथै, बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

कुन साझेदारीबाट के के छुट पाइन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.