सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप सम्पन्न

  २०७९ साउन २२ गते १४:१५     विकासन्युज

काठमाडौं । सफ्टवेरिका कलेजले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धि नि:शुल्क वर्कसप सम्पन्न भएको छ ।

टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरसँगकाे सहकार्यमा कलेजले कक्षा ११ र १२ काे परीक्षा दिएर नतिजा कुरिरहेका हरुकाे लागि उक्त एकदिने वर्कसप आयाेजना गरेकाे थियाे ।

कलेजका इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी विभागीय प्रमुख मनोज तामाङकाे अनुसार वर्कसपमा २०० जना विद्यार्थीहरू सहभागी भएका थिए ।

‘कार्यक्रममा सिसिआरसी कलेज, नामी कलेज, सेनलरेन्स कलेज, सेनजेभियर कलेज, काथफोर्ड इन्टरन्यासनल कलेज, कान्जिरोवा नेसनल कलेज, एनआइटी, केयमसी लगायत विभिन्न विद्यालयबाट र पासआउट २ सय जना विद्यार्थीहरू सहभागी भएका थिए,’उनी भन्छन् ‘हामीले साइबर सुरक्षाकै विषयलाई जोड दिएर वर्कसप सञ्चालन गरेका थियौँ।’

वर्कसपमा सहभागी विद्यार्थीलाई इथिकल ह्याकिङ र साइबर सेक्युरिटीको परिचय, इथिकल ह्याकिङ र साइबर सेक्युरिटी बिचको भिन्नता, साइबर सेक्युरिटी इन्डस्ट्रीमा भविष्य, इथिकल ह्याकिङ ट्रिक र वेब सेक्युरिटी, पासपोर्ट ट्र्‍याकिङ, नेटवर्क सेक्युरिटीको दुरुपयोग बारे विस्तृत तालिम एवं जानकारी प्रदान गरिएको कलेजले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.