आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध

  २०७९ साउन २१ गते १८:२७     विकासन्युज

एजेन्सी । कम्बोडियाका विदेशमन्त्री प्राक सोखोनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) गत जनवरी १ तारिखदेखि लागू भएको क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध रहेको शनिबार बताएका छन्।

‘आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारी सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध छ, व्यापार, लगानी र विश्वव्यापी आपूर्ति शृङ्खलाको लागि आसियानको आकर्षण बढाउन पनि प्रतिबद्ध छ,’ उनले भने। उनले आसियान विदेश मन्त्रीहरूको ५५ औं बैठकको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
शुक्रबार जारी गरिएको आसियान विदेश मन्त्रीहरूको बैठकपछिको संयुक्त विज्ञप्तिमा विदेश मन्त्रीहरूले क्षेत्रीय व्यापक आर्थिक साझेदारी कार्यक्रम यस क्षेत्रको पुनर्उत्थानमा महत्त्वपूर्ण हुने बताएका हुन् ।

‘यसले हाम्रो रिकभरी रणनीतिमा महत्त्वपूर्ण योगदान दिनेछ र यस क्षेत्रमा समावेशी र खुला व्यापार र लगानी संरचनालाई समर्थन गर्न जारी राख्नेछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

रिकेपमा १० सदस्य राष्ट्रहरू – ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम सहित १५ एसिया-प्यासिफिक देशहरू र तिनीहरूका पाँच व्यापारिक साझेदारहरू, चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन् ।

विश्वको सबैभन्दा ठूलो व्यापार समूह रिकेपले २।२ अर्ब जनसङ्ख्या जुन विश्व जनसङ्ख्याको ३० प्रतिशत हो भने त्यसको संयुक्त कुल ग्रार्हस्थ उत्पादन २६।२ ट्रिलियन अमेरिकी डलरको हाराहारीमा छ । विश्वव्यापी कुल ग्रार्हस्थ उत्पादनको ३० प्रतिशत र विश्वव्यापी रूपमा २८ प्रतिशत व्यापारको प्रतिनिधित्व गर्दछ।

कम्बोडियाको रोयल एकेडेमीमा इन्स्टिच्युट अफ चाइना स्टडीजका महानिर्देशक वरिष्ठ अर्थशास्त्री के सेरेवाथले आरसीईपीले क्षेत्रीय र विश्वव्यापी आर्थिक वृद्धिको लागि उत्प्रेरकको रूपमा काम गरेको बताएका छन् ।

यसले कम्बोडिया र अन्य सदस्य देशहरूलाई कोभिड-१९ महामारीबाट गुज्रिएको आर्थिक पुनः प्राप्तिलाई तीव्र पार्न मद्दत गर्ने कुरा उनले सिन्ह्वालाई बताएका छन्। ‘मलाई विश्वास छ यो महा-क्षेत्रीय व्यापार सम्झौता भविष्यमा विश्वव्यापी व्यापारको लागि गुरुत्वाकर्षणको नयाँ केन्द्र बन्नेछ,’ उनले थपे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.