हुलास स्टिल, परिसंघ र उद्योग प्रवर्द्धन केन्द्रबीच सम्झौता : तालिमपछि युवालाई रोजगारी

  २०७९ साउन १९ गते १७:४९     विकासन्युज

काठमाडाैं । नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उधोग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीहरूलाई रोजगारीमुलक तालिम दिने प्रतिवद्धता सहित त्रिपक्षिय सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा उधोग प्रवर्द्धन केन्द्रका तर्फबाट उप–सचिव ऋृषिराम पंगेनी, नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक दिपक राज जोशी र हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रबि केसीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार ३ महिनाको तालिम पश्चात् हुलास स्टिलले २ वर्षको लागि रोजगारमुलक प्रशिक्षण कार्यक्रममा छनौटमा परेका व्यक्तिलाई निति नियम अनुसार रोजगारीको अवसर प्रदान गर्नेछ ।

त्यस्तै, प्रशिक्षण तालिम अवधिको न्यन्तम खर्च भने नेपाल सरकारले व्यहोर्नेछ । कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि,२०७९ मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.