मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने

  २०७९ साउन १९ गते १४:३८     विकासन्युज

काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

निर्वाचन आयोगले दिएको सुझावका आधारमा सरकारले निर्वाचनको मिति तोकेको जनाइएको छ । यसअघि बुधबार बसेको सत्तारुढ गठबन्धन बैठकले पनि आगामी मंशिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.