एनआईसी एशिया बैंकले १६ वटा पदको लागि माग्यो कर्मचारी

  २०७९ साउन १८ गते १६:३२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदको लागि कर्मचारी मागेको छ । बैंकले बुधबार एक सुचना जारी गर्दै १६ विभिन्न पदको लागि कर्मचारी मागेको हो । बैंकले १६ विभिन्न विभिन्न पदमा अफिसर, असिसटेन्ट म्यानेजरदेखि म्यानेजरको तहसम्मका व्यक्तिको माग गरेको छ ।

बैकको अनुसार अफिसर तहको लागि कम्तीमा पनि स्नातक उतिर्ण भई ५ वर्षको अनुभवसहित ४० वर्ष ननाघेको हुनुपर्ने छ भने असिसटेन्ट म्यानेजरभन्दा माथिल्लो तहको लागि स्नातककोत्तर तह पुरा गरेको, सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव र ५० वर्ष ननाघेको हुनुपर्ने छ ।

बैंकले यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.