राष्ट्र बैंकद्वारा काउण्टर साइक्लिकल बफर कार्यान्वयन गर्न निर्देशन

  २०७९ साउन १८ गते १३:०३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले काउण्टर साइक्लिकल बफरलाई क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ बमोजिम नै लागु हुने बताएको छ । बुधबार राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ मा भएको व्यवस्था बमोजिम लागु हुने बताएको हो ।

‘वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ देखि क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ मा भएको व्यवस्था बमोजिमको काउण्टर साइक्लिकल बफर कायमम गर्नुपर्नेछ,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख छ ।

कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ बाट स्थगन गरिएको थियो । तर, चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काउण्टर साइक्लिकल क्यापिटल बफरको व्यवस्थालाई २०८० साउनदेखि कार्यान्वयनमा ल्याउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.