लघुवित्तहरुले शतप्रतिशत ऋणपत्र जारी गर्न पाउने

  २०७९ साउन १८ गते १२:५७     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले शतप्रतिशत ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनलाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि थोक कारोबार गर्ने लघुवित्तहरुले मात्रै सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो । तर राष्ट्र बैंकको संशोधित निर्देशिकाले अब सबै लघवित्तहरुले उक्त ऋणपत्र जारी गर्न बाटो खुला भएको हो ।

यो नयाँ व्यवस्थासँगै नाफामा रहेका लघुवित्तहरुले प्राथमिक पुँजीको शत प्रतिशत ऋणपत्र जारी गर्न पाउने छन् । यसअघि थोक कारोबार गर्ने लघुवित्तले चुक्ता पुँजीको बढीमा २५ प्रतिशत मात्रै ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.