हिमालयन बैंकको नाफा १७.२२ प्रतिशत घटेसँगै ईपीएस पनि ८.९३ रुपैयाँ घट्यो

  २०७९ साउन १८ गते १२:४८     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १७.२२ प्रतिशत घटेर २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढेर ५ अर्ब १२ करोड ४१ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७८ करोड ८७ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असार मसान्तसम्मा बैंकको खुद फि तथा कमिसन आम्दानी ३१.०५ प्रतिशत बढेर ९१ करोड ४९ लाख ८७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.२८ प्रतिशत घटेर ६ अर्ब ७५ करोड ९० लाख ६२ हजार रुपैयाँ, सञ्चालन मुनाफा १७.८१ प्रतिशत घटेर ३ अर्ब ५४ करोड ५ लाख ७० हजार रुपैयाँ र वितरण योग्य मुनाफा २२.६६ प्रतिशत बढेर २ अर्ब ६६ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २१.३८ प्रतिशत बढेर १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ, जगेडा कोष ३.२३ प्रतिशत घटेर ९ अर्ब १४ करोड ३४ लाख ५० हजार रुपैयाँ, निक्षेप १९.४३ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ४१ करोड ९४ लाख ८६ हजार रुपैयाँ र कर्जा १७.४१ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ९९ करोड ३९ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा घटेर १९ रुपैयाँ १४ पैसामा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८.०७ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ५० पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.