साढे १० करोड रुपैयाँमा जग्गा बेच्दै राष्ट्रिय वाणिज्य बैंक

  २०७९ साउन १६ गते १२:५४     विकासन्युज

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले साढे १० करोड रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने भएको छ । बैंकले मुख्य शाखा कार्यालय काठमाण्डौंको नाममा रहेको उक्त जग्गा बिक्री गर्ने भएको हो ।

गैह्र बैंकिङ्ग सम्पती शिर्षक अन्तर्गत रहेको उक्त जग्गा (सम्पत्ति) लिलाम बिक्री गर्न १५ दिने शिलबन्दी बोलपत्र आव्हान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका १३ मा ८३४ बर्गमिटरमा रहेको २४८ कित्ता नम्बरको जग्गा बिक्री गर्ने भएको हो । बैंकले उक्त जग्गा १० करोड ३५ लाख रुपैयाँमा बिक्री गर्ने भएको हो ।

सो जग्गा गोप्य सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरिने हुँदा खरिद गर्न ईच्छकले सूचना प्रकाशित भएको १५ दिनभित्र मुख्य शाखा कार्यालय काठमाण्डौंमा सम्पर्क गर्न बैंकले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.