स्कोडा कुशाककाे नेपालमा एक वर्ष पुरा, ५६० प्रतिशतले बढ्याे व्यापार

  २०७९ साउन १५ गते १७:३०     विकासन्युज

काठमाडौं । युरोपियन एसयुभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पुरा गरेको छ । एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो ।

ड्राइभिंग डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिंग टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको थियो ।

कम्पनीको अनुसार कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको बिक्री गत वर्षभन्दा ५६० प्रतिशतले बढेको छ । एक वर्षमा चार सय युनिट बिक्री भएको स्कोडा कुशाकको आफ्नो सेग्मेन्टमा मार्केट सेयर १८ प्रतिशत रहेको कम्पनीले जानकारी दिएको छ ।

नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड र नेपाली अटो क्षेत्रमै आफूलाई सेग्मेन्टलाई परिभाषित गर्ने एसयुभीका रुपमा उभ्याउन सफल भएको स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले बताउँछन् । ‘कुशाकलाई माया गर्ने र स्कोडा ब्रान्डसँग बलियो सम्बन्ध स्थापित गर्ने सबै ग्राहकसँग कुशाकको एक वर्षे कोशेढुंगालाई मनाउन पाउँदा हामी हर्षित छौं । कुशाकलाई माया गर्ने सबैप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं,’ उनले भने ।

स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.