‘बलात्कार आरोपितसँग मन्त्रीदेखि महान्यायाधिवक्ता उपस्थिति हुँदा जनताले के ठान्छन् ?’

  २०७९ साउन १३ गते १३:३०     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेकपा ९एमाले० की सांसद डा। शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाएकी छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद डा।तुम्बाहाङ्फेले पशुपतिनाथ परिसरभित्र सञ्चालन भएको महायज्ञमा अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सरकारका मन्त्री तथा उच्च पदस्थले भेटेकोप्रति आपत्ति जनाइन् ।

उनले गिरीको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै त्यस्तो व्यक्ति रहेको महायज्ञमा सरकारका मन्त्री र महान्यायाधिवक्ता उपस्थित हुनुले नेपाली महिलाले के सोच्ने भन्ने प्रश्न गरिन् । सांसद तुम्बाहाङ्फेलेले आरोपित गिरीलाई अदालतले साधारण तारिखमा छोडेकोले न्यायाधीशमाथि पनि प्रश्न उठेको बताइन् ।

आरोपित व्यक्ति शक्ति केन्द्रका मानिसहरुसँग जोडिनुले पीडितलाई मनोवैज्ञानिक असर पर्ने उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.