आज संसदीय छानबिन समितिले सभामुखलाई प्रतिवेदन बुझाउने

  २०७९ साउन १३ गते ९:५९     विकासन्युज

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले आज (शुक्रबार) सभामुखलाई प्रतिवेदन बुझाउँदैछ ।

चालु आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरिएको भन्दै संसदले छानबिन समिति गठन गरेको थियो । समितिले पूर्व अर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालयका अधिकारीसँग जाँचबुझ, सीसीटीभी फुटेजको अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो ।

गत असार २२ गते संसद्ले ११ सदस्यीय विशेष समिति गठनको घोषणा गरेको थियो । संसदीय विशेष छानबिन समिति गठन गरिएसँगै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.