राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित

  २०७९ साउन १२ गते १७:४८     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

विधेयकमाथि बिहीबार नै दफाबार छलफल प्रारम्भ भएको थियो । विधेयक पारित भएको घोषणा गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने – ‘हुन्छ भन्ने माननीय सदस्यहरुको बहुमत भएकोले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रश्ताव बहुमतले पारित भएको घोषणा गर्दछु ।’

त्यसैगरी बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.