व्यवसायी त्वानावासुले खाली चेकमा हस्ताक्षर गर्न लगाई ५ करोड १४ लाख रुपैयाँ भरेर बाउन्स गराए

  २०७९ साउन १२ गते १७:३३     विकासन्युज

काठमाडौं । भक्तपुरका निर्माण व्यवसायी केशव त्वानावासुले खाली चेकमा हस्ताक्षर गर्न लगाएर बाउन्स गरी सम्पती हडप्न खोजेको आरोप बौद्व धर्म गुरु भीमसुवा गुरुङले लगाएका छन् । व्यवसायी त्वानावासुले आफैले ५ करोड १४ लाख ६० हजार रुपैयाँ भरेर बाउन्स गरेको आरोप गुरुङले लगाएका हुन् ।

गुरुङले गत जेठ २ गते त्वानावासुसँग आएका जीवन बुढाथोकी लगायत ९ जनाले विप्लव समुहका हौ भन्दै हतियार खल्तीमा छ भनेर धम्काएर ६ घण्टा बन्धक बनाएको समेत बताए । उनले अफिसमा रहेको हिमालयन बैंकको उक्त रकम भुक्तानी हुने ३ वटा चेक लगेको सुनाइन् । उनीहरुले आफ्नो छोरा मार्ने र आफुलाई अपाङ्ग बनाउने धम्की दिएर चेक जबरजस्ती लगेको रुदै बताइन् ।

रिम्पोछे ट्रष्टकी अध्यक्ष समेत रहेकी गुरुङले नियन्त्रणबाट छाडे लगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भुमा जानकारी गराएपनि सुनुवाई नगरेको भन्दै दुखेसो पोखिन् ।

लगत्तै उनले जिल्ला प्रहरी परिसर टेकुमा आफुलाई अन्याय परेकोबारे जाहेरी दिन जाँदा दर्ता नगरेको पनि सुनाइन्् । गुरुङले सभामुख, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, संघिय संसद समेत १२ वटा कार्यालयमा प्रमाणको रुपमा सिसिटिभी फुटेजसहित निवेदन पेश गरेपनि सुनुवाइ नभएको गुनासो गरिन् ।

धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालक केशव त्वानाबास र अस्का कन्स्ट्रक्सनका सञ्चालक बिनोद कुमार तामाङबीच जापानको निको शहरमा स्वयम्भु स्तुपा निर्माण गर्न एनपीओ आस्पा जापानसँग र अस्का कन्स्ट्रक्सनले सम्झौता भएको थियो । सम्झौता अनुुसार धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालकले गुरु रिम्पोछे ट्रष्टको खातामा ३ करोड रुपैयाँ जम्मा गरेको र उक्त रकम विनोद कुमार तामाङले बुझेपनि कोभिडको कारण काम अगाडी बढाउन सकेनन् । सम्झौता बमोजिम काम नभएपछि ३ करोड रुपैयाँ बुझेका विनोद कुमारले रकम फिर्ता गर्न नसकेपछि केशवले आफुमाथि अपराधिक कार्य गरेको उनको दाबी छ ।

गुरुङले आफु अन्यायमा परेको बताइन् । उनले भनिन्, ‘केशवले निकै टर्चर दियो, टर्चर पनि यतिसम्म दियो कि मर्नु कि बाच्नुसम्म टर्चर दियो, सात–सात घण्टा नियन्त्रणमा लिएर मेरो चेक जबरजस्ती लगेको छ, त्यसमा पनि मेरो खाता क्लोज गरेर फेरी त्यही चेकलाई हनुमान ढोकामा बाउन्स गर्न पुगेको रहेछ ।’ गुरुङले केशवसँग अफिसकै कामको सिलसिलामा चिनजान भएको बताइ्न् । आफ्नो तामाङ दाजुभाईले स्वयम्भुको लागि जम्मा गरेको उक्त रकम फिर्ता हुनुपर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.