५६४ जनामा देखियो कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमित ४ हजार नाघे

  २०७९ साउन ११ गते १७:२४     विकासन्युज

काठमाडौं। नेपालमा कोरोना थप ५ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनाको परिक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २०२ जना सङ्क्रमणमुक्त भने  भएका छन् । देशभर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ७६ पुगेको छ ।

यहि अवधिमा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.