नेपाल बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा शुल्क नलाग्ने

  २०७९ साउन ११ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक डाटा शुल्क नलाग्ने भएको छ । मंगलबार बैंक र एनसेल एक्सीयाटाबीच सम्झौता भएसँगै बैंकका ग्राहकलाई मोबाइल बैंकिङ्ग प्रयोग गर्दा डाटा शुल्क नलाग्ने भएको हो ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुशार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ । नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुविधा प्रदान गरिसकेको छ ।

अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन । डिजिटल बैकिङ्गलाई प्रबद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

नेपाल बैंकले नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.