बाउन्स चेक काट्ने चन्द्रागिरीका श्याम बहादुर पक्राउ, १५ लाख जरिवाना तिर्नुपर्ने

  २०७९ साउन ११ गते १२:४३     विकासन्युज

काठमाडौं । बाउन्स चेक काट्ने चन्द्रागिरीका श्याम बहादुर थापा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले थापालाई बुधबार चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

४८ वर्षिय थापाले निजलाई पैसा नभएको सानिमा बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो ।

उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको असार ३ गते फैसला गर्दै थापालाई बैकिङ कसुर अन्तरगत १५ लाख १९ हजार ७५० रुपैयाँ जरिवानासहित ५ दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.