एनआईसी एशिया बैंकले माग्यो कर्मचारी

  २०७९ साउन ८ गते १४:००     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदमा केही मात्रामा कर्मचारीको माग गरेको छ । बैंकले शाखा प्रबन्धकका लागि विभिन्न तहमा कर्मचारी माग गरेको हो ।

बैंकले शाखा प्रबन्धककाे लागि अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर , डिप्युटी म्यानेजर र म्यानेजर तहमा कर्मचारी माग गरेको छ ।

बैंककाे अनुसार अफिसर तहकाे शाखा प्रबन्धकका लागि कम्तीमा पनि स्नातक उर्तिण भई ५ वर्षको अनुभवसहित ४० वर्ष ननाघेको हुनुपर्ने छ भने असिसटेन्ट म्यानेजरभन्दा माथिल्लाे तहकाे लागि स्नातककाेत्तर तह पुरा गरेकाे, सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव र ५० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएकाे छ ।

यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.