राणाकालीन भवन : टिठलाग्दा भग्नावशेष (फोटोफिचर)

  २०७९ साउन ७ गते १०:१७     विकासन्युज

त्रिचन्द्र कलेज ।

काठमाडौं । वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले ठूलो जनधनको क्षति ग¥यो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए । नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि नेपालका सामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो ।

रातारात घरबारबिहीन बनेका कतिपय मानिसको त घर बन्यो तर कतिपय अझै घरबारबिहीन छन् । भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदाहरु जिर्ण छन् । राजनीतिक खिचातानिकाबीच कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन व्यतित गरिरहेका छन् ।

डिल्लीबजारस्थित जेलको भवन ।

सांस्कृतिक सम्पदाको हविगत पनि त्यो भन्दा फरक छैन । भूकम्प गएको ७ वर्ष पूरा भइसकेको छ । यो बीचमा केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन ।

यतिबेलासम्म रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ । तर कतिपय राजधानीमा नै रहेका राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु अझै जिर्ण छन् । कतिपय भवन अभावमा कार्यालयहरु यसै जोखिमपूर्ण भवनमै सञ्चालनमा छन् । २००७ सालअघि राणापरिवारको अधिनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए ।

वागदरवारको भत्केको भवन र कागजपत्र ।

केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिएपनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ । यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो । जंगबहादुर बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (इटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पको रुपमा प्रयोग गरिएको थियो । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवन समेट्ने प्रयास गरेको छ ।

पुल्चोक क्याम्पसपरिसरमा रहेको भग्नावशेष ।

पुल्चोकस्थित स्थानीय विकाश मन्त्रालयको पुरानो भवन ।

सिंहदरवार दक्षिण ढोकाअगाडि रहेको फैसला कार्यान्वयनको भवन ।

काठमाडौं महानगरको वागदरवार ।

पुल्चोकस्थित स्थानीय विकास मन्त्रालयको पुरानो भवन भुकम्पले चर्केपछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.