नेपालमा कोरोनाको सक्रिय सङ्क्रमित २८ सय नाघ्यो

  २०७९ साउन ६ गते १७:३१     विकासन्युज

काठमाडौं । नेपालमा कोरोनाको सक्रिय सङ्क्रमित संख्या २८ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ८४१ पुगेको हो ।

शुक्रबार ३ हजार ८३८ जनामा पिसिआर र एन्टिजेन परिक्षण गर्दा ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, मन्त्रालयको अनुसार ८० जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.