गभर्नरलाई बर्खास्त गर्न माग गर्दै थप आन्दोलनको घोषणा

  २०७९ साउन ३ गते १८:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध तीन विद्यार्थी संगठनले थप आन्दोलनको घोषणा गरेका छन् ।

मंगलबार नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष डुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति निकाल्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

अधिकारी नेकपा एमालेको अर्थ समिति सदस्यमा रहेको भन्दै सत्तारुण गठबन्धनका विद्यार्थी संगठनहरुले उनलाई बर्खास्त गर्नपर्ने मागसहित आन्दोलन सुरु गरेका हुन् ।

विज्ञप्तिका अनुसार साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुखलाई ज्ञापनपत्र बुझाउने, ४ गते राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरीका कार्यालयहरूमा कालो ब्यानर राख्ने, ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गर्ने, ६ गते देशैभरी क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने कार्यतालिका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.