ओडिशाको शिक्षिका भारतको राष्ट्रपति बन्दै

  २०७९ साउन २ गते १५:२८     विकासन्युज

काठमाडौं। भारतको संसदमा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति पदका लागि मनोनयन गरेको छ ।

निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति हुनेछिन् । वर्तमान राष्ट्रपति रामनाथ कोविन्द दलित समुदायबाट राष्ट्रपति भएका हुन् । ६४ वर्षीया मुर्मु राजनीतिमा प्रवेश गर्नुअघि पूर्वी राज्यको ओडिशास्थित एक विद्यालयमा शिक्षक थिइन् । उनले राज्य सरकारमा मन्त्री पदहरू सम्हालिसकेकी छिन् र छिमेकी राज्य झारखण्डको गभर्नर भइन् ।

उनले आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न समर्पित गरेकी छिन् । राष्ट्रपति पदका लागि मुर्मुका मुख्य प्रतिद्वन्द्वी अनुभवी राजनीतिज्ञ यशवंत सिन्हा पूर्व भाजपा सदस्य र पूर्व वित्त तथा विदेश मन्त्री हुन् । उनलाई कांग्रेसलगायत विपक्षी दलहरूले समर्थन गरेका छन् । उनी वर्तमान मोदी सरकारको आलोचक पनि हुन् ।

राष्ट्रपति पदमा द्रौपदी मुर्मु नै निर्वाचित हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मत परिणाम आजै सार्वजनिक हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.