कोरोना रोकथाममा सरकारले दुई वर्षमा खर्च गर्याे ३२ अर्ब

  २०७९ असार २९ गते १६:५९     विकासन्युज

काठमाडौं । सरकारले कोरोना महामारीमा ३२ अर्ब बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कोरोना महामारी व्यवस्थापनमा ३२ अर्ब ६४ करोड ६ लाख खर्च गरेका हुन ।

प्रतिवेदन अनुसार संघीय सरकार अन्तरगत गत आर्थिक वर्ष २०७७/०७८ मा कोभिड १९ रोकथाम र नियन्त्रणमा विनियोजित बजेट र केन्द्रीय कोरोना कोषबाट १२ अर्ब २२ करोड ११ लाख, प्रदेश सरकारको खर्च २ अर्ब ११ करोड ६७ लाख र स्थानीय तहबाट ४ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ गरी १९ अर्ब ९ करोड ६७ लाख रुपैयाँ खर्च गरेका हुन ।

यस्तै, गत वर्ष २०७६/०७७ को खर्च १३ अर्ब ५४ करोड ३९ लाख गरी कोरोना व्यवस्थापनमा ३२ अर्ब ६४ करोड ६ लाख खर्च भएको हो ।

उक्त खर्च रकम विभिन्न दातृनिकाबाट प्राप्त सहायता, वस्तुगत सहायता लगायतको रकम समावेश नभएको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.