रिलायन्स र सानिमा लाइफ मर्ज हुने, स्वाप रेसियो बराबर

  २०७९ असार २९ गते १०:४३     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने भएका छन् । सो सम्बन्धमा दुई कम्पनीले असार २९ गते बिहान ८ बजे प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका हुन् । दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमती गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ ।

हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । समितिले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।

यससँगै दोश्रो बजारमा दुबै कम्पनीको सेयर कारोबार रोक्का भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्चेञ्जले आज असार २९ गतेदेखि नै दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । यससँगै उक्त प्रकृया सकिएपछि मात्रै कम्पनीको सेयर कारोबार फुकुवा हुनेछ ।

उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.