रुसी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

  २०७९ असार २८ गते १६:३१     विकासन्युज

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । उनीहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका बारेमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।

उनीहरुबीच दुई देशबीचको आर्थिक सहयोग र साझेदारीका विषयमा पनि कुराकानी भएको बताइएको छ । युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी हुनुका साथै उनीहरुले रुस र युक्रेनको युद्धका कारण भएको खाद्यान्न संकटको अवस्थामा युक्रेन र अरु विश्वका लागि के कसरी खाद्यान्न आपूर्तिको अवस्थाको व्यवस्थापन गर्ने भन्ने विषयमा पनि कुराकानी भएको बताइएको छ ।

रुसले युक्रेनमा हमला गरेपछि पछिल्ला दिनमा विश्वमा नै खाद्यान्न अभाव हुदै गएको छ । युक्रेनका लागि र युक्रेन भएर हुने खाद्यान्न आपूर्तिका सम्बन्धमा विश्वका विभिन्न देशले यसको विकल्पका बारेमा छलफल गरिरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.