सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्यो १२ करोडको बीमा दावी

  २०७९ असार २६ गते १३:०८     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई उक्त रकम भुक्तानी गरको हो ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले मादी पावरका महाप्रबन्धक विइ जुनचाओलाई सो रकम बराबरको चेक प्रदान गरे ।

साथै, इन्स्योरेन्सले यो आर्थिक वर्ष २०७८/७९ भित्रै एक अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.