एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’, १२५ रुपैयाँमा १० जीबी डेटा

  २०७९ असार २४ गते ९:२८     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको छ । यस अफरले ग्राहकलाई १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित १२५ मा खरिद गरेर प्याकको समयसीमा सकिनुभन्दा पहिले नै सो प्याक पुनः खरिद गरेको अवस्थामा भने उही शुल्कमा ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन् । यो अफर आज (असार २४ गते शुक्रबार)देखि संचालनमा आएको छ ।

समयावधि सकिनु अघिनै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिँदै जाने यस अफरको विषेशता रहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुनस् खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिनेछ र समयसीमा पनि बाँकी रहेको ४ दिनसहित ११ दिन हुनेछ ।

प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने र यसको कूल अधिकतम समयसीमा २८ दिन रहने छ ।

‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवामार्फत् उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिवद्ध छौं। आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछु,’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने ।

एनसेलका ग्राहकले ८१७१२३८२२३ डायल गरि यो प्याक सजिलै सुचारु गर्न सक्नेछन् । ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र इसेवा, खल्ती, आईएमईपेजस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्नेछन् ।

ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.